Wednesday, June 10, 2026
spot_img

सुपरमाई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

Share

spot_img

काठमाडाैँ । सुपरमाई हाइड्रो पावर लिमिटेडले बुकक्लोज गर्ने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते बुकक्जाेल गर्ने भएकाे हाे ।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले कम्पनीको वार्षिक साधारण सभामा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले फागुन १७ गते, आइतबार, बिहान १० बजे नक्सालस्थित लिसरा रिसेप्सन्स् प्रा.लि.मा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img