Friday, April 3, 2026
spot_img

ऊर्जा क्षेत्रमा थप उपलब्धि: २२.५ मेगावाटकाे माथिल्लाे ठुलो खोला सञ्चालनमा

spot_img

Share

spot_img

काठमाडौँ । म्याग्दी जिल्लामा निर्माण सम्पन्न भएको २२.५ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको सञ्चालन सुरु भएसँगै नेपालका ऊर्जा उत्पादनमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।

आयोजना प्रवर्द्धक ठूलाे खाेला हाइड्राे पावर कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्रवल्लभ पन्तका अनुसार यो देव ग्रुपकाे तेस्रो जलविद्युत आयोजना हो । आयोजना सञ्चालनमा आएसँगै देशको ऊर्जा क्षेत्रमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरू, शेयरधनी तथा कर्मचारीहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ । उनीहरूको अथक परिश्रम, प्रतिबद्धता र विश्वासका कारण आयोजना सफलतापूर्वक सम्पन्न हुन सकेको पन्तकाे भनाइ छ ।

आयोजनाको वित्तीय व्यवस्थापनमा सिटिजन्स इन्टरनेशनल बैंक(लिड बैंक), माछापुच्छ्रे बैंक लिमिटेड र कृषि विका बैंक लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

त्यसैगरी आयोजना कार्यान्वयनका क्रममा नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, विद्युत नियमन आयाेगलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयहरूबाट निरन्तर सहयोग, समन्वय र मार्गदर्शन प्राप्त भएको पनि पन्तले जानकारी दिएको छन् ।

आयोजनाको सिभिल, मेकानिकल तथा ट्रान्समिसन लाइनसम्बन्धी निर्माण कार्य Dev Urja Construction Pvt. Ltd. ले सम्पन्न गरेको हो । प्राविधिक परामर्शदाता रूपमा Clean Energy Consultants Pvt. Ltd. ले सेवा प्रदान गरेको थियो । साथै, आयोजनाको वित्तीय परामर्शदाता रूपमा नारायण पौड्यालले योगदान दिएका थिए ।

त्यस्तै आयोजनाका गेट तथा अन्य मेटल वर्कहरू CBM Company ले गुणस्तरीय रूपमा समयमै सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो उपलब्धि विभिन्न व्यक्ति तथा संस्थाहरूको सामूहिक प्रयास, समर्पण र दृढ प्रतिबद्धताको परिणाम हो । सबै सरोकारवालाको साथ, सहयोग र विश्वासप्रति कम्पनीले पुनः धन्यवाद व्यक्त गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img