Saturday, May 30, 2026
spot_img

प्राधिकरणद्वारा शहीदका आफन्तलाई जागिरको व्यवस्था

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले जेन–जी शहीदका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित परिवारका सदस्यलाई सम्पर्कमा आउन आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार शहीद परिवारलाई राज्यबाट प्रदान गरिने रोजगारीसम्बन्धी सुविधा कार्यान्वयन गर्ने क्रममा आवश्यक कागजात संकलन र नाता प्रमाणिकरण प्रक्रिया अगाडि बढाइएको छ । यसअघि सम्बन्धित निकायमार्फत प्राप्त विवरणका आधारमा २७ जनाको नामावली सार्वजनिक गरिएको छ ।

सूचनामा उल्लेख भएअनुसार सूचीमा परेका व्यक्तिका परिवारले नाता प्रमाणित गर्ने कागजातसहित तोकिएको समयभित्र काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आवश्यक कागजात पूरा गरेपछि योग्य सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ती २७ जनाबाहेक अरु कसैको दाबी भए ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । त्यसैले सम्बन्धित सबै परिवारलाई समयमै सम्पर्कमा आई प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

यस पहललाई शहीद परिवारलाई राज्यको अवसरसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img