Thursday, April 9, 2026
spot_img

जेन–जी आन्दोलनका थप ८ सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

spot_img

Share

spot_img

नेपाल विद्युत् प्राधिकरणले जेन–जी आन्दोलनका सहिद परिवारका थप ८ जनालाई रोजगारी प्रदान गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ को अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको १०२९औँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले ‘आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२’ को बुँदा नम्बर ११ तथा नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कात्तिक १७, २०८२) मा उल्लेखित व्यवस्था अनुसार छुट भएका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको जनाएको छ ।

यसअघि प्राधिकरणले सोही आन्दोलनका २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको छ ।

थप रोजगारी पाउनेहरूमा रोजित श्रेष्ठ (वनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) रहेका छन् ।

बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य को कार्यसम्पादन मूल्याङ्कनबारे जानकारी समेत लिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img