काठमाडाैँ । ह्याप्पी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ । कम्पनीले पहिलो वार्षिक साधारणसभामार्फत सर्वसाधारण समूहका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव लैजाने भएको हो ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार आगामी २०८३ भदौ २५ गते पहिलो वार्षिक साधारणसभा आयोजना हुँदैछ । सभामा सर्वसाधारण समूहका लागि छुट्याइएको सेयर आईपीओमार्फत निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि आवश्यक पर्ने कर्जा सुविधा लिने सम्बन्धमा पनि साधारणसभाबाट स्वीकृति लिने प्रस्ताव गरेको छ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ ।
ह्याप्पी इनर्जीले ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।











