Sunday, August 16, 2026
spot_img

ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठको ‘चार विज्ञ’ टिम

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयका कामलाई विज्ञ परामर्शमार्फत अघि बढाउने गरी आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्र हेर्ने गरी चार क्षेत्र समेटिएका छन् ।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रसम्बन्धी सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै विवेक राज कँडेल ऊर्जा सल्लाहकारका रूपमा नियुक्त भइसकेका थिए ।

चार सल्लाहकारको जिम्मेवारी हेर्दा मन्त्री श्रेष्ठले मन्त्रालयका प्राविधिक विषयसँगै नीति सुधार, योजना निर्माण, लगानी विस्तार र निजी क्षेत्रसँगको सहकार्यलाई समेत प्राथमिकतामा राख्न खोजेको देखिन्छ ।

ऊर्जा क्षेत्रमा लगानी विस्तार र आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना तथा लगानीसम्बन्धी सुझाव, विद्यमान नीतिमा सुधारका लागि नीतिगत परामर्श, ऊर्जा क्षेत्रका प्राविधिक विषयमा विज्ञ सुझाव तथा निजी क्षेत्रसँगको सहकार्यका लागि छुट्टै सल्लाहकारको व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार चारै जना सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् । सल्लाहकारहरूले मन्त्रालयको निर्णय प्रक्रियामा सम्बन्धित क्षेत्रको विज्ञता र अनुभवका आधारमा सुझाव तथा परामर्श दिनेछन् ।

मन्त्री श्रेष्ठको सल्लाहकार समूह अब केवल ऊर्जा क्षेत्रको प्राविधिक विषयमा सीमित नभई नीति–योजना–लगानी–निजी क्षेत्रलाई एउटै संरचनामा जोड्ने गरी बनेको छ । यसले मन्त्रालयका आगामी निर्णयमा विज्ञ परामर्शलाई संस्थागत गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img