Wednesday, October 7, 2026
spot_img

प्राधिकरणका इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

spot_img

Share

spot_img

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएकाे आराेपमा मुद्दा दर्ता गरेकाे हाे ।

इञ्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा आयोगको टोलीले केही समय पहिले यादवलाई नियन्त्रणमा लिएको थियो । 

इञ्जिनियर यादवले विद्युत् लाइन जडान तथा सोसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको अनुसन्धानबाट खुलेकाले सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img