पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ।
भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ ।
फेवाताललगायतका तालहरूको संरक्षण संघ र प्रदेश बीच सहकार्य गर्ने विषयमा उहाँहरुबीच छलफल भएको छ।
ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशका ऊर्जा विकासका आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापन र सिँचाइका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
त्यसैगरी, संघ र प्रदेशबीच आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनमा देखिएका समस्या समाधान तथा स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै विकास निर्माणका कामलाई गति दिने विषयमा समेत छलफल भएको थियो।











