Tuesday, September 22, 2026
spot_img

गेपर्ट हाइड्रोको नयाँ उपलब्धिः ४ मेगावाटको अप्पर लोहेरे सफतापूर्वक सञ्चालनमा

spot_img

Share

spot_img

काठमाडौँ । कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको ‘अपर लोहेरे जलविद्युत् आयोजना’ सफलतापूर्वक सञ्चालनमा आएको छ । अष्ट्रियामा आधारित अन्तर्राष्ट्रिय विद्युत्-यान्त्रिक कम्पनी गेपर्ट हाइड्रोले सो आयोजना निर्माण तथा सञ्चालनको प्रविधि आपूर्ति र व्यवस्थापन गरेको हो ।

‘रन-ऑफ-रिभर’ प्रविधिमा आधारित उक्त आयोजना नदीको प्राकृतिक बहावमा निर्भर रहने हुँदा वातावरणमैत्री मानिएको छ । आयोजनामा प्रयोग गरिएका टर्बाइन, जेनेरेटर, इलेक्ट्रिकल तथा नियन्त्रण प्रणाली सम्पूर्ण युरोपेली मापदण्डअनुसार निर्माण गरिएका हुन् ।

गोपर्ट हाइड्रो नेपालका देश निर्देशक राजकिशोर यादवका अनुसार, “अपर लोहेरे आयोजना प्रविधिगत रूपमा उन्नत र भरपर्दो प्रणाली हो । यसको ध्वनिरहित र स्थिर सञ्चालनले स्थानीय समुदाय र वातावरणमा सकारात्मक असर पार्नेछ ।” गेपर्टले जलविद्युत् आयोजनाका लागि अष्ट्रिया, भारत, टर्की, क्रोसियाबाट अत्याधुनिक र वातावरणमैत्री उपकरण आपूर्पि गरी सफतापूर्वक आयोजना सञ्चालनमा ल्याएको हो ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ, जसले दैलेख लगायत कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

गेपर्ट हाइड्रो कम्पनीको मुख्यालय अष्ट्रियाको हल्ल (Hall in Tirol) मा रहेको छ । कम्पनीले हालसम्म विश्वका ४० भन्दा बढी मुलुकहरूमा ५,००० भन्दा धेरै जलविद्युत् आयोजना सम्पन्न गरिसकेको छ । नेपालमा पनि कम्पनीको कार्यालय काठमाडौँमा रहेको छ, जसअन्तर्गत पछिल्ला वर्षहरूमा विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको छ ।

गेपर्ट हाइड्रो एक प्रतिष्ठित अष्ट्रियाली कम्पनी हो । जसले जलविद्युत् प्रविधि (इलेक्ट्रो मेकानिकल उपकरण) निर्माण, आपूर्ति, जडान, परीक्षण र सञ्चालन गर्ने कार्य गर्दछ । गेपर्टको यो क्षेत्रमा १२५ वर्ष लामो अनुभव रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img