Friday, May 1, 2026
spot_img

साढे १७ अर्ब लागतमा ९७.१७ मेगावाटको चुवा खोला निर्माण हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा ९७.१७ मेगावाटको चुवा खोला आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । बिजवेल इनर्जी प्रालिले सो आयोजना निर्माण गर्न लागिएको हो ।

चुवा खोलालको उपल्लो तटीय क्षेत्रमा प्रस्तावित ११०.२ मेगावाट क्षमताको अपर चुवा तुरुप्या आंशिक जलाशययुक्त आयोजनाको विद्युतगृहबाट निस्किने ३३ घनमिटर प्रति सेकेण्ड पानीको उपयोग गरी चुवा खोला निर्माण गर्न लागिएको हो ।

उक्त पानीलाई ६३६८.८ मिटर लामो हेडरेस सुरुङ मार्फत सर्ज साफ्टसम्म लागिनेछ । सर्ज साफ्टको व्यास १० मिटर र उचाई ६८.८४ मिटर डिजाइन गरिएको छ । ठाडो र तेर्सो सुरुङभित्र स्टिलको पेनस्टक पाइप राखिनेछ जसको लम्बाई ८४०.१३ मिटर रहेको छ ।

पेनस्टकबाट पानीलाई सतही विद्युतगृहमा पानी खसाली विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ५५३.०९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना सम्पन्न गर्न १७ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजना यसअघि ७० मेगावाटको पहिचान भएपनि पछि क्षमता विस्तार गरिएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img