काठमाडाैँ । सुम्निमा हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो ।
माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेटमा हुने कम्पनीको १० औं वार्षिक साधारण सभामा सेयर निष्काशनका लागि प्रस्ताव गरिनेछ । सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेपनि सेयर जारी गरी बाँडफाँड गरिनेछ ।











