Monday, May 18, 2026
spot_img

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा समायोजन गर्न माग

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधनमा भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै सवारी साधनमा भाडा बढाउन माग गरेकाे हाे ।

गए राति नेपाल आयल निगमले पेट्रोलियम पदार्थमाकाे मूल्य वृद्धि गरैसँगै यातायात व्यवसायीहरूले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर परेकाे बताइएकाे छ ।

नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउनु पर्ने महासंघकाे जाेड छ ।

सार्वजनिक यातायात सञ्चालनमा सवारी साधन डिजेल र पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारी साधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।

महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सबै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।

आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img