Monday, May 4, 2026
spot_img

अध्यादेश लागूः प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ पदमुक्त, देशभर १,५९४ हटाइँदै

spot_img

Share

spot_img

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहित ६ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम नियुक्त शाक्यसहितका सदस्यहरू पदमुक्त हुने भएका छन् । साथै, सरकारका विभिन्न निकायमा कार्यरत १५९४ जना पदाधिकारी एकैपटक पदमुक्त हुने भएका छन् ।

अध्यादेश बैशाख १९ गते रामचन्द्र पौडेल समक्ष पेश गरिएको थियो र सोही दिन स्वीकृत भई जारी भएको हो । बैशाख २० गते राजपत्रमा प्रकाशित भएसँगै सोमबार अर्थात आजदेखि १ हजार ५ सय ९४ जनाले औपचारिक रूपमा पदमुक्त भएको पत्र प्राप्त गर्नेछन् ।

सरकारका अनुसार सञ्चार, हवाई सेवा, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, वित्तीय तथा नियामक निकायहरूमा कार्यरत पदाधिकारीहरू एकैपटक हटाइएका छन् ।

सरकारको यो कदमसँगै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनबारे बहस सुरु भएको छ । संसद छल्दै अध्यादेश ल्याइएको भन्दै आलोचना भइरहेको छ भने विद्यमान कानुनअनुसार पदमुक्त गर्नुअघि छानबिन र सफाइको अवसर दिनुपर्ने व्यवस्था रहेको तर्क उठाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघि नै राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर अधिकांशले त्यसलाई अस्वीकार गरेपछि सरकारले अध्यादेशमार्फत कदम चालेको देखिन्छ ।

अध्यादेशमार्फत गरिएको व्यापक पदमुक्तिले प्रशासनिक संरचनामा तत्काल प्रभाव पार्ने देखिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img