Monday, May 25, 2026
spot_img

पहिरो र बाढीको असरः ५५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो

spot_img

Share

spot_img

काठमाडाैँ । ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्रमा शुक्रबार राति परेको अविरल वर्षापछि आएको बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । काबेली र इन्द्रावतीखोलामा आएको बाढीका कारण करिब ५५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ।

बाढीले आयोजनाका बाँध, इन्टेक, पाइपलाइन तथा विद्युत्गृह क्षेत्रमा क्षति पुर्‍याएपछि उत्पादन रोकिएको जनाइएको छ । प्रभावित आयोजनाबाट उत्पादित विद्युत् पाँचथरको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

सबैभन्दा ठूलो क्षति २५ मेगावाट क्षमताको काबेली जलविद्युत् आयोजनामा पुगेको छ । अरुण काबेली पावर लिमिटेडका अनुसार बाढीले इन्टेक क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, माटो, लेदो र काठ थुपारेपछि उत्पादन बन्द गर्नुपरेको हो । सोही खोलामा रहेको १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि प्रभावित बनेको छ ।

यस्तै, इन्द्रावतीखोलामा आएको बाढीका कारण रिडी हाइड्रोपावर लिमिटेडको ९.९ मेगावाट क्षमताको इँवाखोला आयोजना र इँवा हाइड्रो पावर लिमिटेडको ९.७ मेगावाट क्षमताको आयोजना पनि ठप्प भएका छन् ।

आयोजना पक्षका अनुसार बाढीले इन्टेक, पाइपलाइन र विद्युत्गृह क्षेत्रमा क्षति पुर्‍याएको छ । खोलामा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न कठिनाइ भइरहेको बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img