Tuesday, June 30, 2026
spot_img

विपद्को समयमा विद्युत् सेवा निरन्तर राख्न मातहतका कार्यालयलाई निर्देशन

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न मातहतका सबै वितरण केन्द्र तथा कार्यालयहरूलाई निर्देशन दिएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक दीपककुमार सिंहद्वारा जारी परिपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको मौसमसम्बन्धी चेतावनीलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

परिपत्रअनुसार असार १५ देखि १७ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान तथा चट्याङको उच्च जोखिम रहेकाले विद्युत सेवा प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा कुनै पनि क्षेत्रमा विद्युत् अवरोध भएमा तत्काल मर्मतसम्भार गरी सेवा पुनःसञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।

त्यसैगरी, वितरण प्रणालीमा हुने सम्भावित क्षति न्यूनीकरण गर्न आवश्यक जनशक्ति, सवारीसाधन, उपकरण तथा सामग्री पूर्वतयारी अवस्थामा राख्न, आपतकालीन प्रतिक्रिया टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राख्न तथा प्रभावित क्षेत्रको सूचना नियमित रूपमा सम्बन्धित निकायमा पठाउन पनि परिपत्रमा उल्लेख गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले विपद्को समयमा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्दै छिटो, सुरक्षित र प्रभावकारी रूपमा विद्युत सेवा पुनःस्थापना गर्न सबै कार्यालयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img