Thursday, July 2, 2026
spot_img

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यास प्रतिसिलिन्डर २०६० कायम

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार (असार १७) राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको हो । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५.९ रुपैयाँ, डिजेल २९.४६ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर २९.४२ रूपैयाँ तथा एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि बिक्री मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img