Tuesday, February 18, 2025
spot_img

सौर्य ऊर्जामा लागेको १३ प्रतिशत भ्याटको विषय स्पष्ट नभएसम्म टेण्डर म्याद थप्न आग्रह

spot_img

Share

spot_img

काठमाडौँ । सौर्य ऊर्जाका उपकरण तथा मालसमानहरूमा लागेको १३ प्रतिशत भ्याटको विषय स्पष्ट नभएसम्म टेण्डर डकुमेण्ट बुझाउने म्याद थप गर्न निजी ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् । निजी क्षेत्रको सौर्य ऊर्जा उत्पादकहरूको प्रतिनिधिमूलक संस्था सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोप्पान) ले सौर्य ऊर्जामा भ्याट लागेपछि आर्थिक रुपले अयाेग्य हुने भन्दै स्पष्टता नभएसम्म म्याद थप गर्न माग गरेको हो ।

अघिल्ला अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको आर्थिक ऐनमा सौर्य ऊर्जाको उपकरण तथा मालसमानमा भ्याट लगाइदिएपछि प्रतिस्पर्धामार्फत जडान गरिने सौर्य ऊर्जा आर्थिक रुपले अयोग्य हुने भन्दै यस विषयमा प्रष्टता नभएसम्म म्याद थप्न साेप्पानले अनुरोध गरेकाे छ ।

चालू आवको बजेटमा सौर्य ऊर्जाका विभिन्न उपकरण तथा मालवस्तुमा तत्कालीन अर्थमन्त्री पुनले १३ प्रतिशत भ्याट असुल्ने बन्दोबस्त गरेका छन् । यसले गर्दा सौर्य ऊर्जा थप १३ प्रतिशतले महँगो हुने उनीहरू बताएका छन् । तर, प्राधिकरणले भने प्रतियुनिट ५.९४ रुपैयाँमा प्रतिस्पर्धा गराएकाले समस्या हुने सोप्पानले जानकारी दिएको छ । ऊर्जा उत्पादकहरूले भने भ्याट हटाउन माग गर्दैै आएका छन् ।

प्राधिकरणले गत अप्रिल ३ मा देशभर १००० मेगावाट सौर्य ऊर्जा जडानका लागि प्रतिस्पर्धा गराउन प्रस्ताव आव्हान गरेको थियो । यसको म्याद यही साउन १६ गते सकिंदैछ । प्राधिकरणले यसअघि तीनपटक म्याद थप गरिसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img