Thursday, January 23, 2025
spot_img

विद्युत् खपत बढाउँदै साल्ट ट्रेडिङ, विद्युतीय चुलोसहित भाँडाँकुडाँमा अफर

spot_img

Share

spot_img

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विद्युत् उत्पादन बढीरहेको बेला खपत समेत बढाउनका लागि विद्युतीय चुलोसहितको इन्डक्सनबेस भाँडाँमा अफर ल्याएको छ । कम्पनीले बाल्ट्रा ब्राण्डसँगको सहकार्यमा चुलोसहित पकाउने भाडामा यस्तो अफर ल्याएको हो ।

अफरमा एउटा इन्डक्सन चुलो र बाल्ट्रा ब्राण्डको ५ थरी इन्डक्सनबेस भाँडाँकुडाँ रहेका कम्पनीका मिडीया प्रमुख ब्रजेश झाले बताए । १५ देखि २० हजार रुपैयाँ पर्ने कम्बाे सेटकाे मूल्य मात्र ९ हजार ५ सय रुपैयाँ रहेकाे छ । कम्बाे सेटमा विद्युतीय चुलो, ५ लिटरकाे कुकर, कराई, फ्राई पेन र ताप्के (चिया पकाउने भाँडाँ) रहेको छ । साथै, ३ लिटरकाे कुकर, इन्डकसन चुलाे र कराई सहितकाे अर्काे कम्बाे सेटकाे मूल्य भने ७ हजार ३५० रुपैयाँ मात्र रहेकाे छ ।

कम्पनीले पोखरा, काठमाडौँ लगायतका क्षेत्रमा करिब २ सय सेट बढी बिक्री वितरण गरीसकेको छ । कम्पनीले काठमाडौँको १० वटै आउटलेटबाट बिक्री गरिरहेको छ ।

कम्पनीले अहिले आम सर्वसाधारणलाई मध्यनजर गरेर नयाँ योजना ल्याएको छ । जसमा सहकारीमार्फत पनि यो सामानहरू खरिद गर्न सकिनेछ । सहकारी संस्थाहरूले आफ्ना ग्राहकहरूका लागि साल्ट ट्रेडिङबाट एकमुष्ट लगेर बिक्री वितरण गरिरहेका छन् । हालसम्म काठमाडौँको ५/६ वटा सहकारीले बिक्री गरिरहेको जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img