Thursday, December 5, 2024
spot_img

सौर्य ऊर्जा उत्पादन ठेक्कामा चलखेलकाे आशंका

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागले २०८० चैत्र २१ गते आह्वान गरेको सौर्य ऊर्जा उत्पादनको ठेक्कामा चलखेल भएको आशंका गरिएकाे छ । ४५ दिनको समयसीमा राखेर ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको ठेक्कामाथि ठूलो चलखेल भएको भन्दै आवेदकहरूले असन्तुष्टि जनाएका हुन् ।

आवेदकहरूले ठेक्का निष्पक्ष नभएको भन्दै अनुसन्धानकाे माग गर्दै सर्वोच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । सन्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्बालिङ हाइड्रो पावर लिमिटेड जे.भिले कात्तिक २७ गते मुद्दा दायर गरेका थिए । यी कम्पनीहरूले देशका विभिन्न ठाउँमा करिब ३०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि प्रस्ताव गरेका थिए । यी कम्पनीहरूद्वारा दायर भएको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले ठेक्का प्रक्रिया यथास्थिती राख्न आदेश दिएको छ । यसै मुद्दामा आज अर्थात मंसिर ३ गते दुवै पक्षबीच छलफल गर्ने भनिएपनि अदालत बन्द हुँदा प्रक्रिया लम्बिन पुगेकाे छ ।

प्राधिकरणले २०८० चैत्र २१ गते ४५ दिनको समयसीमा राखेर आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि बोलपत्र माग गरेको थियो । तर, यो समयअवधिसम्म ऊर्जा उत्पादकहरूको सहभागिता न्यून देखियो । सौर्य ऊर्जा उत्पादकहरूले विद्युत् खरिद बिक्री दर न्यून भएको भन्दै आवेदन दिएका थिएनन् ।

प्राधिकरणले सौर्य विद्युतकाे पीपीए दर घटाएर ५.९४ रुपैयाँ पुर्याएको छ । कुनैबेला प्रतियुनिट ९.६१ रुपैयाँ तोकिएको दर ७.३० रुपैयाँ हुँदै हाल ५.९४ रुपैयाँमा खुम्चिएको छ । यही कारणले निर्माण प्रक्रियामा रहेका वा पीपीएको तयारीमा रहेका आयोजनाहरू अघि बढ्न नसकेको ऊर्जा उद्यमीहरू बताउँछन् । प्रवद्र्धकहरूले पीपीए दर कम भएपनि जलविद्युत् आयोजना जस्तै स्कालेसनको व्यवस्था गर्न पनि माग गर्दै आएका छन् । तर, अहिलेसम्म यसको व्यवस्था हुन सकेको छैन ।

अहिले तोकिएको पीपीए दरले सौर्य आयोजना निर्माण गर्दा घाटा हुने भन्दै ऊर्जा उद्यमीहरूले प्राधिकरणले ४५ दिनको समयसीमा राखेर खुल्ला गरेको बोलपत्रमा आवेदन दिएका थिएनन् । आवेदन नपरेपछि प्राधिकरणले असार ४ गतेसम्मका लागि म्याद थप गर्याे । यो अवधिमा पनि आवेदन नपरेपछि दोस्रो पटक असार २५ गतेसम्म र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन म्याद थप गर्याे ।

प्राधिकरणले विकासकर्ताको सहभागि न्यून भएको भन्दै ३ पटकसम्म म्याद थप गर्नु र साउन ३० गते टेण्डर खोल्ने दिन पनि बिना सूचना ३ घण्टा (१२ बजेदेखि ३ बजेसम्म)का लागि म्याद थप गर्नुले ठेक्का प्रक्रियामा ठूलो चलखेल भएको सहभागीहरूको आरोप छ । यही विषयमा प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले त्यस दिन सार्वजकिन खरिद अनुगमन कार्यालयको सर्भरमा समस्या आएकोले समय थप गरिएको बताएका थिए ।

साउन ३० गते थप भएको ३ घण्टा कै समयअवधिमा केही आवेदकहरूले आफुले ठेक्का पाउनेगरी आवेदन परिमार्जन गरेको सहभागी आवेदकहरूले ऊर्जा संचारलाई जानकारी दिएका छन् । केही आवेदकहरू साउन ३० गते ३ बजेपछि पनि आवेदन बुझाएको जनाइएको छ ।

९६० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न ६४ कम्पनीलाई ठेक्का

प्राधिकरणले ९६० मेगावाट विद्युत् उत्पादनका लागि ६४ कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि आह्वान गरेको बोलपत्रमा २० प्रतिशत अर्थात १६० मेगावाट थप गरी ९६० मेगावाट उत्पादन गर्न ६४ कम्पनीलाई छनोट गरेको हो ।

प्राधिकरणले खुल्ला गरेको उक्त बोलपत्रमा करिब २००० मेगावाट बढी सौर्य ऊर्जा उत्पादनका लागि प्रवद्र्धकहरुले प्रस्ताव पेश गरेको थिए । जसमा १२७ कम्पनी प्राविधिक मूल्यांकनबाट छनोट भएका थिए ।

प्राधिकरणले गत कात्तिक ६ गते आर्थिक प्रस्वात खोलेको थियो । प्राविधिक मूल्यांकनमा छनोट भएका मध्ये ६४ कम्पनी आर्थिक प्रस्तावमा छनोट भएका छन् । छनोट पर्नेहरूले प्रतियुनिट विद्युत् बिक्री दर ४.९९ रुपैयाँदेखि ९.५४ रुपैयाँसम्म प्रस्ताव पेस गरेका थिए । सबैभन्दा कम रामेछापमा १० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न अन्नपूर्ण क्लिन इनर्जी प्रालिले ४.९९ रुपैयाँ प्रस्ताव गरेको छ ।

याे पनि पढ्नुहाेस्ः सौर्य विद्युतका लागि पीपीए दर ६ रुपैयाँसम्म प्रस्ताव, तिहारअघिनै मुल्यांकन सम्पन्न गर्ने

९६० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि ६४ कम्पनी छनोट

जेपर्ट राप्ति कन्सर्टिमले पायो १२५ मेगावाट सौर्य ऊर्जा उत्पादनको ठेक्का

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img