काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाउने भएको छ । ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानले २५ बर्षसम्म पुगेको अवसरमा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ नारा सहित ‘इप्पान रजत जयन्ती २०८१’ मनाउन लागेको हो ।
हालसम्म आइपुग्दा निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेका इप्पान २०५७ साल माघ ४ गते स्थापना थिायो । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको छ ।
रजत जयन्तीको अवसरमा इप्पानको २५ वर्षको यात्रा समेटिएको ‘ऊर्जा समृद्धि’ विशेष स्मारिका प्रकाशन हुनेछ । साथै, ऊर्जा क्षेत्रमा योगदान गर्ने विभिन्न संघ सस्था तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिनेछ ।
त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा फूटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी ¥याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने छ ।
प्रतियोगितामा फुटसल र ब्याडमिन्टन विजेतालाई क्रमशः ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । निबन्ध लेखनका लागि पहिलो, दोस्रो, र तेस्रो स्थानले ५०, २५, र १५ हजार रुपैयाँ र वृत्तचित्र र फोटो प्रतियोगिताका विजेतालाई पनि ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ। समारोहमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
अहिले देशको कुल जडित क्षमता करिब ३३०० मेगावाट पुगेको छ । जसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको छ । यसैगरी, करिब ४१०० मेगावाट आयाेजनाहरू निर्माणाधीन र ४३०० मेगावाट आयाेजनाहरू पीपीए सम्पन्न गरी वित्तीय व्यवस्थापनकाे पर्खाइमा छन् ।
१२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पीपीए)को पर्खाइमा रहेका छन् । निजी क्षेत्रले निर्माणका विभिन्न चरणमा रहेका आयोजनामा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरीसकेको छ । गाउँगाउँमा सडक बाटो, पुल निर्माण गरेको छ ।
स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजीक्षेत्रले खर्च गरिसकेको छ ।
देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुरÞ्याएको निजीक्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।