Tuesday, March 3, 2026
spot_img

स्वच्छ ऊर्जा रूपान्तरणका लागि सातबुँदे काठमाडाैँ घोषणापत्र

spot_img

Share

spot_img

काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ । सम्मेलनले दिगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताका लागि सातबुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गरेको हो ।

नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा दक्षताको दरलाई दोब्बर वृद्धि गर्ने, जलवायु अनुकूलन र उत्थानशीलतालाई थप बलियो बनाउने, नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय सहायता वृद्धि गर्ने, अनुसन्धान विकास तथा नवीनतम प्रविधिको माध्यमबाट सर्वसाधारणमा जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने र पारदर्शी अनुगमन तथा मूल्यांकनलाई प्रोत्साहन गर्ने भन्दै घोषणापत्र जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने’ उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ का रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img