काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको ढल्केवर ग्रीडमा आगलागी हुँदा जनकपुरसहित तीन जिल्लाको लाईन अवरुद्ध हुने भएको छ । आज विहान ढल्केवर सव स्टेशन ग्रीड प्रसारण लाईनमा आगलगी हुँदा धनुषा, महोत्तरी र सर्लाहीको लाईन अवरुद्ध हुने भएको छ ।
ढल्केवर ग्रीडमा आज विहान सिन्धुली जाने लाईनमा सिटी पडकेर आगलगी हुँदा धनुषा, महोत्तरी र सर्लाहीको केही भागमा विद्यतु लाईन अवरुद्ध भएकाे छ ।
गर्मीको मौसममा अत्यधिक लोड हुन थालेपछि यस्ता समस्या आईपरेको प्राधिकरणले जनाएकाे छ ।