Thursday, February 19, 2026
spot_img

सेती नदी-६ को डीपीआर अवधि एकवर्ष थप

spot_img

Share

spot_img

काठमाडाैँ । लगानी बोर्डले ४५० मेगावाट क्षमताको सेती नदी–६ अर्ध जलाशययुक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्ष थपेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको बैठकले समय थप गरेकाे हाे ।

बोर्डमार्फत कार्यान्वयन गरिने परियोजनाको प्राथमिकीकरण गर्न एवं परियोजनाको सूची तयार गरी बोर्डसमक्ष पेस गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन गर्ने निर्णय पनि गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित आयोजना सदुरपश्चिम प्रदेशको अछाम तथा डोटी जिल्लामा पहिचान भएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img