Wednesday, May 20, 2026
spot_img

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

spot_img

Share

spot_img

काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, ‘अहिले घरघरमा अँध्यारो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्युतका क्षेत्रमा काम गर्ने कामदारको मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ‘हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय लोडसेडिङ भए जसरी झ्यापझ्याप बत्ती जान्छ । के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो?’ उनले प्रश्न गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सराज अहमद फारुकीले पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका उल्लेख गर्दै दुर्घटना न्यूनीकरणसम्बन्धी योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले केही दिनअघि विद्युत् मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img