Tuesday, May 26, 2026
spot_img

दिगाे सामाजिक विकासका लागि ऊर्जाकाे भुमिका

spot_img

Share

spot_img

काठमाडाैँ । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरूको संस्था ‘आई-ट्रिपल ई’ को पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरको आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहिबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाण्डौँमा जेठ १५ र १६ मा भइरहेकाे उक्त सम्मेलनको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे ।

ख्वपः इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनियरिङको सहआयोजनामा भएको यो सम्मेलनमा स्विट्जरल्याण्ड र फिनल्याण्डका विशेषज्ञबाट की-नोट प्रस्तुति र नेपालका विशेषज्ञबाट प्रस्तुति रहने साथै नेपालका विद्युत उर्जा क्षेत्रका प्राध्यापक-विद्यार्थी तथा अनुसन्धाताद्वारा ३५ कार्यपत्रहरू प्रस्तुत गरिने पीईएस नेपाल च्याप्टरका सचिव डा. विशाल सिलवालले जानकारी दिए ।

छोटकरीमा आरंइएसएसडी चिनिने यो सम्मेलनको हाल चौथो संस्करण आयोजना भइरहेको हो । यस अघिका संस्करणहरू सन् २०२०, २०२२ २ २०२३ मा आयोजना भएका थिए भने पीईएस नेपाल च्याप्टरले सन् २०२४ मा काठमाण्डौंमै एशिया-प्रशान्त क्षेत्रीय ‘पावरकन’ सम्मेलनको पनि आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै आरइएसएसडी २०२५ को-चेयर डा. वसन्त कुमार गौतमले नेपालमा विद्युतीय उर्जाका क्षेत्रमा अध्ययन-अनुसन्धान, उत्पादन र व्यापार गरिरहेका सबैको साझा मञ्चका रुपमा आरइएसएसडीलाई विकसित गर्दै लैजाने योजना रहेको जानकारी दिए ।

स्वागत मन्तव्यकै क्रममा ख्वपः इन्जिनियरिङ कलेजका प्रिन्सिपल सुजन माकले विद्युतीय उर्जा क्षेत्रसंग सरोकार राख्ने नेपालका सबै निकायहरूका लागि महत्वपूर्ण सम्मेलनका रुपमा रहेकाले ख्वपः इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनयरिङ आरइएसएसडीको सह-आयोजकका रुपमा सहभागी भएको जानकारी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. सञ्जय उप्रेतीले सम्मेलनको विषयवस्तु दिगो सामाजिक विकास रहनु अत्यन्त सान्दर्भिक रहेकोले यो सम्मलेनका कार्यपत्रहरू आर्थिक र सामाजिक विकासका लागि उपयोगी हुने विश्वाश व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पीइएस नेपाल च्याप्टरले आयोजना गर्ने यस्ता सम्मेलनहरूले नेपालका शैक्षिक संस्थाहरु, उद्योगधन्दा, सरकारी निकाय तथा पेशेवर विज्ञहरूका बीचमा पुलको रुपमा काम गर्ने विश्वाश व्यक्त गरे । साथै उनले नेपाल विद्युत प्राधिकरणले दिगोपना र समावेशीलाई केन्द्रमा राखेर ग्रीडको आधुनिकीकरण, क्षेत्रीय विद्युत व्यापार र यातायातको विद्युतीकरण जस्ता क्षेत्रमा अघि बढेको जानकारी दिए ।

उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रमका जनरल चेयर तथा ‘आई-ट्रिपल ई’ को पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरका चेयर डा. सुजन अधिकारीले दिगो विकास भनेको गन्तव्य होइन यात्रा हो, विद्युतीय उर्जा सबै हिसाबले यो यात्राको सबैभन्दा भरपर्दो माध्यम हो भन्ने विचार व्यक्त गरे। उनले यो सम्मेलनले नवप्रवर्तन, साझेदारी र प्रगतिको बीजारोपण गर्ने विश्वाश पनि व्यक्त गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img