Monday, July 14, 2025
spot_img

मर्स्याङ्गदी तथा दोर्दी करिडारका जलविद्युत आयोजनाहरू अब पुर्ण क्षमतामा चल्ने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले अकस्मात रुपमा भरतपुर स्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनको निरिक्षण अनुगमन गरेका छन् । प्रशारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकाल सहित उच्च स्तरिय प्राविधिक टोली सहित पुगेका कार्यकारी निर्देशकले दमौली भरतपुर १३२ केभि लाइनलाई पुर्ण क्षमतामा संचालन गर्नका लागि न्यु भरतपुर सवस्टेशनमा देखिएको प्राविधिक समस्या छिटो भन्दा छिटो समाधान गर्न प्राविधिक परामर्श तथा आवश्यक निर्देशन दिएका छन ।

दमौली भरतपुर १३२ के.भी प्रशारण लाईनको विद्यत शक्ति वहाव गर्ने यस अघिको क्षमता ७० मे.वा बाट बृद्धि गरि करिव १३० मेगावाट बनाउन सो लाइनमा भएको कण्डक्टर बदलिको कार्य भएको भएता पनि भरतपुर स्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनमा रहेको प्राविधिक जटिलताले गर्दा उक्त लाईन पुर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन ।

निजि उर्जा उत्पादकहरुले मर्स्याङदी तथा दोर्दी करिडारेमा निर्माण गरेको जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विद्युत सहज रुपमा राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनका लागि उक्त लाईनले महत्वपुर्ण भुमिका खेल्ने हुदा प्राविधिक समस्या समाधान गरि बृद्धि भएको विद्यत वहाव गर्ने क्षमता अनुशार लाइन संचालन गर्न अपरिहार्य रहेको र त्यसका लागि सवस्टेशनमा गर्नुपर्ने कार्य एक दुई दिनमा नै गर्न हेटौडा ग्रिड महाशाखालाई निर्देशन दिइएको थियो ।

सवस्टेशन तथा प्रशारण लाइनमा देखिएका समस्या समाधान गरि सवै विद्युत गृह तथा प्रशारण लाइनहरु पुर्ण क्षमतामा संचालन गर्ने, नियमित भरपर्दो र गुणस्तरिय विद्युत सेवा ग्राहकहरुलाई उपलब्ध गराउने एवं बढि भएको उर्जा निर्यात गरि राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने विद्युत प्राधिकरण्को निति अनुरुप प्राधिकरणले तदारुकताका साथ आफ्ना गतिविधिहरु अगाडी बढाए अनुशार आजको आकस्मिक निरिक्षणको कार्य भएको प्राधिकरणका प्रवक्ता समेत रहेका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img