काठमाडाैँ । नेपाल सरकारले जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सिनियर डिभिजनल ई.किरण गौतमलाई सार्क ऊर्जा केन्द्र इस्लामवाद, पाकिस्तानमा काजमा खटाउने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असार ३० गतेको वैंठकले डा.गौतमलाई पाकिस्तानमा काजमा खटाउने निर्णय गरेको हो । गौतमलाई ऊर्जा व्यापारको प्रोग्राम लिडरको रुपमा ३ वर्षका लागि काजमा खटाउने निर्णय भएको छ । गौतम यही साउन २८ गते अर्थात अगष्ट १३ गते हाजिर हुने छिन् ।
पाकिस्तानमा ३ वर्षको अवधिमा सार्कको ऊर्जा क्षेत्रका विषयमा अध्ययन, अनुसन्धान गर्न पाइने र बुझिने भएकोले आगामी दिनमा नेपालले आत्मसाथ नगरेको सकारात्मक र राम्रो पक्षहरु नेपालमा पनि लागु गर्न सकिने बताउँछिन् ।
ऊनी विगत १३ वर्षदेखि सो सचिवालयको ऊर्जा महाशाखामा कार्यरत छन् । यसअघि उनले ऊर्जा दक्षतामा ३ वर्ष काम गरिसकेकी छिन् ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर गरेकी गौतमले ऊर्जा योजना (माग र आपूर्ति) मा विद्यावारिधी गरेकी छन् ।








