Sunday, January 18, 2026
spot_img

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले, “हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ,” भने।

उनले पछिल्लो समय भारत र चीनले विद्युत क्षेत्रमा गरेको तीव्र प्रगतिको सन्दर्भ दिँदै नेपालले पनि त्यही लहर पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । मन्त्री खड्काले सामुदायिक तहमा सञ्चालित विद्युत परियोजनाहरू मध्ये सञ्चालन गर्न नसकेका संस्थाहरूलाई नेपाल विद्युत प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्ने प्रस्ताव गरे ।

कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालमा देशका विकट क्षेत्रहरूमा विद्युत सेवा विस्तारका लागि सामुदायिक विद्युत उपभोक्ता महासङ्घले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्ता प्रयासहरूलाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले सामुदायिक विद्युत प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत पहुँच पुर्‍याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट संकलित झण्डै दुई अर्ब रुपैयाँ बराबरको लगानीमा विद्युत संरचना निर्माण गरिएको छ।कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्था तथा सञ्चारकर्मीहरूलाई सम्मानित गरिएको थियो।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img