Monday, January 19, 2026
spot_img

१५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा

spot_img

Share

spot_img

काठमाडाैँ । हालसम्म देशभरका १५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा पुगेको छ । २५ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउनुपर्नेमा हालसम्म उक्त क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको हाे ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । जलस्रोत तथा सिंचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समिक्षा गोष्ठीमा आज बोल्दै उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताए ।

“जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ,”– उनले भने । उर्जामन्त्री खड्काले वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दैगर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठूलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्नेगरी लाग्नुपर्ने बताए ।

उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिंचाई सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाई हुने बताए । कम्तिमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनेगरी काम गर्नुपर्ने उनको भनाई थियो । उनले जिम्मेवारमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिंचाई सुविधा पुयार्उने उदेश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/०८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको जानकारी दिए ।

आव २०८१/०८२ मा जलस्रोत तथा सिंचाई क्षेत्रमा रु ३३ अर्ब पाँच करोड वजेट विनियोजन भएकोमा रु २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।

यस्तै, विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा र ८२.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिंचाई सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img