Wednesday, May 20, 2026
spot_img

४५६ मेगावाटकाे माथिल्लाे तामाकोशीको जलाशय सफा गरिँदै

spot_img

Share

spot_img

काठमाडाैँ । दाेलखा जिल्लाकाे विगु गाउँपालिका, वडा नं १ मा सञ्चालनमा रहेकाे ४५६ मेगावाटकाे माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशय सफा गरिने भएको छ । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडले सञ्चालन गरिरहेकाे उक्त आयोजनाको जलाशय सफा गर्न लागिएकाे हाे ।

कम्पनीले साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशयकाे सफा गर्ने कार्य हुने भएकाेले सतर्क रहन आग्रह गरेकाे छ । सो अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने-घट्ने चक्र भइरहने कम्पनीले जनाएको छ ।

साथै, सो अवधिभर तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न/नगराउन कम्पनीले आग्रह गरेको छ । साथै नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक सस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत कम्पनीले सबैमा अनुरोध गरेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img