Monday, June 8, 2026
spot_img

५३.५ मेगावाटकाे माथिल्लो म्याग्दी-१ः १५ महिनाभित्र उत्पादन थाल्ने

spot_img

Share

spot_img

काठमाडाैँ । म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना करिब ३० प्रतिशत भौतिक प्रगति भएकाे छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धित यस आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माण तीव्र गतिमा भइरहेको छ ।

हालसम्म ३०.९४ प्रतिशत भौतिक र ३०.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । चार स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार बाँध र विद्युत्गृह निर्माणलाई तीव्रता दिइएकाे कम्पनीले जनाएकाे छ । हालसम्म ५ हजार ७८९.७१ मिटर लामो सुरुङमध्ये २ हजार ३६० मिटर निर्माण सम्पन्न भइसकेको छ ।

विसं २०८१ जेठ ८ गते सुरु भएको बाँध निर्माण कार्यमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । धवलागिरी गाउँपालिका–४ खाम्लामा १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ। त्यसैगरी १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन अवस्थामा छन् ।

विद्युत्गृह निर्माणस्थलमा उत्खनन कार्य अन्तिम चरणमा पुगेको छ भने अब संरचना निर्माणको तयारी भइरहेको छ । मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल कार्यका लागि कम्पनी छनोट भइसकेको छ। ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको आउटलेटबाट विद्युत्गृहसम्म १९६ मिटर हेड रहनेछ भने ६९२ मिटर पेनस्टक पाइप जडान गरेर पानी खसालिनेछ ।

मालिका गाउँपालिका–७ दाडाखेतमा निर्माण हुँदै गरेको १३२ केभी क्षमताको सबस्टेशनसम्म १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन जडानका लागि अध्ययन भइरहेको छ ।

आयोजनामा रु ११ अर्ब २३ करोड २७ लाख ६ हजार लगानी जुटाइनेछ। सानीमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण तथा प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरबाट लगानी गरिनेछ । विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा हुनेछ र वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अपेक्षा गरिएको छ।

आयोजनाले भारवाङदेखि बाँध निर्माण स्थलसम्म ९ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत रु ६ करोड २० लाख बजेट विनियोजन गरिएको छ । हालसम्मको प्रगतिअनुसार आयोजनाले तोकिएको समयमै सम्पन्न हुनेमा आयोजनाका प्रमुख केसी विश्वस्त छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img