Monday, May 25, 2026
spot_img

सोपान र प्राधिकरण बिच भेट, सोलार आयोजनाको अक्सन खुलाउन माग

spot_img

Share

spot_img

काठमाडाैं/ सौर्य ऊर्जा उत्पादकहरुको संस्था सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (सोप्पान)ले नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग भेट गरेको छ। 

एसोसिएसनका अध्यक्ष डा. सन्दिप शाहको नेतृत्वको टोलीले शाक्यलाई बधाई दिँदै उनको कार्यकालका लागि पूर्ण समर्थन शुभकामना व्यक्त गरेको छ।

भेटका क्रममा सोप्पान कार्यकारिणी समितिका सदस्यहरूले सौर्य ऊर्जा उद्योगका प्रमुख प्राथमिकताहरू उठान गर्दै विभिन्न विषयमा निकास दिनको लागि कार्यकारी निर्देशक शाक्यसँग आग्रह गरेका छन्।

जसमा एसोसिएसनले सौर्य उर्जाको पीपीएको लागि १ हजार मेगावाट भन्दा बढीको लक्ष्य राखेर तत्काल सोलार आयोजनाको अक्सन तत्काल खुलाउन आग्रह गरेक छ।  एसोसिएसनले राष्ट्रिय ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको हिस्सा बढाउनको लागि हाल विद्यमान १० प्रतिशतको सीमा हटाउन पनि आग्रह गरेको छ। त्यस्तै उत्पादन अनुमतिपत्र र विद्युत खरिद सम्झौता (पीपीए)को अवधि कम्तीमा ३५ वर्षसम्म लम्ब्याउन आग्रह गरेको छ।

त्यस्तै एसोसिएसनले विशेष गरि भ्याटको विषयमा र अन्य कर नीति व्यवहारिक, निष्पक्ष र पूर्वानुमान योग्य हुने गरि उर्जा मन्त्रालयका विभिन्न निर्देशिकाहरु संशोधन गर्न आग्रह गरेको छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को थ्रेसहोल्ड संशोधन गर्दै ५० मेगावाटभन्दा माथिका सौर्य आयोजनामा मात्र ईआईए अनिवार्य गर्न एसोसिएसनले आग्रह गरेको छ।

 ट्रान्सफर्मर तथा सहायक उपकरणहरूको पूँजीकरण लागत गणनाका लागि पारदर्शी र आर्थिक रूपमा आधारित विधि अपनाउन समेत एसोसिएसनले आग्रह गरेको छ। 

सिँचाइसँग समबन्धित निकायबाट प्रदान हुने नो-अब्जेक्सन प्रक्रियालाई सरलीकृत गर्न र सम्भव भएसम्म कृषि र सोलार आयोजनालाई सम्भव भएसम्म एकिकृत गर्ने व्यवस्था गर्न एसोसिएसनले आग्रह गरेको छ।

 सबै नयाँ सौर्य आयोजनामा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) अनिवार्य रूपमा समावेश गर्ने र यसका लागि  व्यवहारिक रुपमा बीईएसएस ट्यारिफ तोक्न पनि एसोसिएसनले आग्रह गरेको छ। व्यावसायिक तथा औद्योगिक स्थापनाका लागि १ मेगावाटसम्म वितरित ऊर्जा उत्पादन र नेट मिटरिङलाई प्रोत्साहन गर्न पनि एसोसिएसनले प्राधिकरणसमक्ष आग्रह गरेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img