Friday, May 1, 2026
spot_img

डुल्लु मालिका सौर्य आयोजनाको डीपीआर र आईइइका लागि भियूसीएल र एनइएइसीबीच सम्झौता

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युत् उत्पादन कम्पनी लिमिटेड (VUCL) र एनइए इन्जिनियरिङ कम्पनी (NEAEC) बीच डुल्लु मालिका सौर्य विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ) अध्ययनका लागि सम्झौता भएको छ ।

३० मेगावाट क्षमताको उक्त सौर्य विद्युत् आयोजना तथा यससँग सम्बन्धित १३२ केभी प्रसारण लाइनको डीपीआर र आईइइ अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्ने जिम्मेवारी एनइएइसीलाई दिइएको हो । यो सम्झौता गुणस्तर तथा लागतमा आधारित छनोट (QCBS) प्रक्रियामार्फत गरिएको हो ।

सम्झौताअनुसार एनईएईसीले आयोजनाको प्राविधिक डिजाइन, लागत अनुमान, कार्यान्वयन योजना, वित्तीय विश्लेषण तथा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन गर्नेछ । आईइइ अध्ययनमार्फत सम्भावित वातावरणीय असरहरूको पहिचान गर्दै न्यूनीकरणका उपायहरू समेत सिफारिस गरिनेछ ।

डुल्लु–मालिका सौर्य विद्युत् आयोजना नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा दिगो विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । डीपीआर तथा आईइइ अध्ययन सम्पन्न भएसँगै आयोजना कार्यान्वयनतर्फ अघि बढ्ने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img