Tuesday, February 24, 2026
spot_img

एपोलो हाइड्रोकाे आईपीओ आजदेखि

spot_img

Share

spot_img

काठमाडाैँ । एपोलो हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज अर्थात फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापका जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ७ र ८ का स्थानीयलाई, १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखम्बु जिल्ला लिखुपिके गा.पा. वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. ३ का स्थानीयलाई र ९४ हजार कित्ता शेयर भने न्युन प्रभावित क्षेत्र अर्थात रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. २ र गोकुलगंगा गा.पा. वडा नं. १ का स्थानीयलाई निष्काशन गरिएकाे छ ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९४ हजार कित्ता शेयर निष्काशन गरेको छ । यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ९४ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले कुल १४ करोड  १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img