काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक फणिन्द्रराज जोशीसहित १९ कर्मचारीहरूले अनिवार्य अवकास पाउने भएको छन् । शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रका आधारमा यी कर्मचारीहरूले २०८३ भदौमा अनिवार्य अवकास पाउन लागेका हुन् ।
प्राधिकरणका अनुसार अवकास हुनेमा तह १२ देखि तह १ सम्मका कर्मचारीहरू रहेका छन् । इन्जिनियरीङ सेवा निर्देशनालयमा कार्यरत तह १२ उपकार्यकारी निर्देशक (प्राविधिक) फणिन्द्रराज जोशी शैक्षिक प्रमाणपत्रका आधारमा भदौ ५ गते अनिवार्य अवकास हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी, प्राविधिक सर्पोट महाशाखामा कार्यरत सहायक प्रबन्धक सानु वाबु थापा, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा कार्यरत सहायक इन्जिनियर गजेन्द्र सिंह थापा पनि शैक्षिक प्रमाणपत्रका आधारमा अवकास हुँदै छन् ।
भदौमा अवकास हुने मध्ये सिमरा वितरण केन्द्रमा कार्यरत कार्यालय सहयोगी मान बहादुर स्याङ्दन र नेपालगञ्ज वितरण केन्द्रमा कार्यरत कार्यालय सहयोगी जुग्नु पासी मात्रै नागरिकता प्रमाणपत्रका आधारमा अवकास हुने प्राधिकरणले जनाएको छ । बाँकी भने शैक्षिक प्रमाणपत्रका आधारमा अनिवार्य अवकास हुने कर्मचारीहरू हुन् ।








