Wednesday, November 11, 2026
spot_img

परिवर्तित जनादेशपछि अर्थतन्त्रको दिशाः निजी क्षेत्र-सरकार सहकार्यमा जोड

spot_img

Share

spot_img

काठमाडाैँ । परिवर्तित जनादेशको सन्दर्भमा अर्थतन्त्रको दिशा, निजी क्षेत्रको भूमिका र अपेक्षाबारे काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे समूहको आयोजनामा भएको कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका समस्या र सुधारका उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले नयाँ राजनीतिक परिवेशमा अर्थतन्त्रको भविष्य, चुनौती र सम्भावनाबारे विचार राख्दै सरकार–निजी क्षेत्र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । वक्ताहरूले नीतिगत अस्थिरता, जटिल प्रक्रिया, लगानीमैत्री वातावरणको अभाव र वित्तीय पहुँचका समस्या समाधान गर्न स्थिर नीति आवश्यक रहेको बताए ।

शिव प्रसाद घिमिरेले निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानी सुरक्षा, कर सुधार र पूर्वाधार विकासमा प्राथमिकता दिन आग्रह गरे । नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्रलाई अझै पनि अवरोध गरेको उनको भनाइ थियो ।

अर्थशास्त्री डा. विश्वास गौचनले दीर्घकालीन आर्थिक सुधार, ऋण व्यवस्थापन र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए । उनले उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दीर्घकालीन नीति र स्पष्ट रोडम्याप आवश्यक रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्र ढकालले राजनीतिक स्थिरताले आर्थिक सुधारमा सकारात्मक संकेत दिएको बताउँदै लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरिसकेको भन्दै ऊर्जा, उद्योग र पूर्वाधार विकासमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राख्दै ऊर्जा जस्ता उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए । उनले खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रमार्फत विकासलाई तीव्रता दिनुपर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशमै रोजगारी सिर्जना र आयातमा निर्भरता घटाउने दिशामा अघि बढ्नुपर्ने बताए । उनले ‘लाइन होइन, अनलाइन’ अवधारणाअनुसार सेवा प्रवाह सुधार गर्दै ऊर्जा लगायतका क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

अन्य वक्ताहरूले पनि उत्पादनमुखी अर्थतन्त्र, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा निजी क्षेत्रलाई सुदृढ बनाउँदै सरकारसँग सहकार्यमार्फत आर्थिक पुनरुत्थान गर्ने साझा निष्कर्ष निकालिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img