Thursday, May 7, 2026
spot_img

कालीगण्डकी ‘ए’ मर्मतका लागि तीनवटै युनिट बन्द

spot_img

Share

spot_img

काठमाडाैँ । १४४ मेगावाटकाे कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रले २५ वैशाख साँझदेखि सरसफाइ तथा नियमित मर्मत सम्भार कार्य सञ्चालन गर्ने भएको छ । उक्त कार्यका कारण केन्द्रका तीनवटै विद्युत् उत्पादन मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

केन्द्रका अनुसार साँझ ५ बजेदेखि सुरु हुने मर्मत अवधिभर पावरहाउसमा जाने पानी सुरुङमार्गबाट डाइभर्ट गरिनेछ भने ड्यामका सबै गेटहरू खोलिने छन् । यसले गर्दा कालीगण्डकी नदीमा साविकको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ ।

नदीको बहाव अचानक बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी र सर्वसाधारणलाई निर्माण सामग्री, उपकरण तथा अन्य सामग्री सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ ।

त्यसैगरी मर्मत अवधिमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान पनि विशेष अनुरोध गरिएको छ । केन्द्रले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img