Sunday, August 30, 2026
spot_img

अपर त्रिशूली ३ ‘बी’ मा परामर्श सेवामा कार्यरत ४५ जना सम्पर्कविहीन

spot_img

Share

spot_img

काठमाडाैँ । भाेटेकाेशीमा आएको भीषण बाढीका कारण अपर त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा परामर्श सेवामा कार्यरत ४५ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । उनीहरूको तत्काल उद्धार गर्न चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले अपिल गरेको छ ।

आयोजना सुपरिवेक्षण परामर्शदाताको रूपमा कार्य गरिरहेको चेस्कोका १२ जना र अन्य ३३ जना गरी कुल ४५ जना कर्मचारीहरू बाढी आएयता सम्पर्कमा नरहेको जानकारी दिइएको छ । आयोजनास्थलबाट प्राप्त जानकारी अनुसार सम्पर्कविहीन भएका कर्मचारीहरू बाढी आउने समयमा पावरहाउस, सर्जसाफ्ट, क्याम्प साइट तथा आसपासका प्रभावित क्षेत्रहरूमा कार्यरत थिए। बाढीका कारण स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले ती क्षेत्रहरूमा रहेका कर्मचारीहरूको वास्तविक स्थिति अझै अज्ञात छ ।

समय अत्यन्तै संवेदनशील भएकाले ४५ जना कर्मचारीहरूको जीवनरक्षाका लागि नेपाल सरकार, नेपाली सेना तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल खोज तथा उद्धार कार्यलाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरिएको छ । स्थलमार्गबाट पहुँच सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार टोली तत्काल परिचालन गर्न र आवश्यक आधुनिक उपकरण प्रयोग गरी खोजी कार्यलाई अघि बढाउन विशेष माग गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img