Friday, November 27, 2026
spot_img

ऊर्जा, सिँचाइ र विपद्का समस्या बुझ्न ऊर्जामन्त्री गण्डकीमा

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ गण्डकी प्रदेशका विभिन्न जिल्लामा ऊर्जा, सिँचाइ तथा विपद्जन्य समस्याको स्थलगत अनुगमन गर्ने भएका छन् । मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पुगेर स्थानीय नागरिकका समस्या, बाढीपहिरोबाट भएको क्षति तथा पुनर्निर्माणको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा पहिरो प्रभावित क्षेत्रको निरीक्षण, नदी तथा खोलामा तटबन्ध निर्माणको अवस्था र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिनेछन् । त्यस्तै, कास्कीमा पहिरोबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम छ ।

विपद्बाट प्रभावित नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिने र सम्भावित जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ अनुगमनमा गएका हुन् ।

स्थलगत अनुगमनबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन योजनाबारे आवश्यक पहल गरिने जनाइएको छ। नागरिकको घरदैलोमै पुगेर समस्या पहिचान गर्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण थालेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img