Saturday, May 2, 2026
spot_img

२० अर्बको ऋणपत्र जारी गर्दै विद्युत् प्राधिकरण

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोण्ड) जारी गर्ने भएको छ । प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नती लगायतका कार्यहरू प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि ऋणपत्र जारी गर्न लागेको हो ।

ऋणपत्र जारी गर्नका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त भइसकेपछि क्याबिनेटमा पठाएका छौ,’ उनले भने, ‘क्याबिनेटले सहमति दिने लगत्तै ऋणपत्र जारी हुनेछ ।’

यसैगरी, प्राधिकरणले १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने भएको छ । यसका लागि पनि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइकेको छ । प्राधिकरणमा हाल सिर्जित दायित्वहरू तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि उक्त परिमाणको ऋण लिन लागेको शाक्यले बताए ।

प्राधिकरणले वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि ड्यू डिलीजेन्स अडिट (डीडीए) को प्रक्रिया अघि बढाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img