Wednesday, April 29, 2026
spot_img

दुई साताभित्र तल्लो सोलुबाट व्यावसायिक उत्पादन सुरु हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुले दुई साताभित्र व्यापारीक उत्पादन सुरु गर्ने भएको छ । सोलुखुम्बुमा सोलु हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको पहिलो युनिटको विद्युत् साउन ४ गतेबाट प्रणालीमा जोडिएको हो ।

आयोजनाको सम्पूर्ण संरचनाको निर्माण तथा आन्तरिक परीक्षण पूरा गरी प्रणालीम जोडिएको आयोजनाको अहिले प्राधिकरणले उत्पादन परीक्षण सुरु गरेकाे छ । प्राधिकरणले साउन ७ गतेदेखि उत्पादन परीक्षण गरिरहेको छ ।

आयोजनामा ४१/४१ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन जडान गरिएको छ । आयोजनाको दुवै युनिटको परीक्षण सफल भएपछि प्राधिकरणले उत्पादन परीक्षण गरिरहेको हो । प्राधिकरणले १५ दिन परीक्षण पूरा गरेपछि व्यवसायीक विद्युत् उत्पादन सुरु हुने आयोजना प्रमुख श्रीधर खनालले बताए ।

एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब रूपैयाँ ऋण लगानीमा सन् २०१६ देखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएपनि २ महिनाअघि नै उत्पादन थालिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारेर विद्युत् उत्पादन गरिएको छ । यसका लागि करिब ५ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ । भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने अनुमान छ ।

यसअघि भौगर्भिक अवस्थाका कारण पहिरोले निर्माण अन्तिम चरणमा पुगेको सतही भेल्वहाउस र पेनस्टकमा क्षति पुर्याएको थियो । जसका कारण भूमिगत भेल्वहाउस र भूमिगत होराइजोन्टल र भर्टिकल प्रेसर साफ्ट सम्पूर्ण नयाँ निर्माण गरिएको हो ।

आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘सुपर सिक्स’ अन्तर्गत निर्माण गरिएको हो ।

निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी सञ्चालनमा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img