Sunday, April 12, 2026
spot_img

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, घाटा अझै उच्च

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँले मूल्यवृद्धि गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १०० रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यका (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ तथा एलपी ग्यास प्रतिसिलिण्डर २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।

निगमका अनुसार पछिल्लो समय मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजन गर्नुपरेको हो । सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्यवृद्धिबाट सिर्जित विषम परिस्थितिलाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img