Wednesday, April 22, 2026
spot_img

याम्बालिङ्ग हाइड्रोले १७ करोड ४३ लाख रुपैयाँकाे शेयर जारी गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । याम्बालिङ्ग हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले वैशाख १६ गतेदेखि शेयर जारी गर्न लागेकाे हाे ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो । जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपालीहरूका लागि वितरण भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर छुट्याएर बाँडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन खुला रहनेछ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img