Saturday, June 13, 2026
spot_img

विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्छ : दीर्घायु श्रेष्ठ

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफु सकारात्मक रहेको बताएका छन् । इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ । प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु ।
मन्त्री ज्युलाई पनि निजी क्षेत्रलाई प्रवेश गराउनु पर्छ भन्दै आएको छु’ उनलेे भने ।

१५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने पनि उनलेे बताए ।

ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरुको हौसला बढाउनुपर्ने श्रेष्ठले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img