काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन विवादमा लाइन काटेको ६ उद्योगको लाइन पुन जोड्ने निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैंठकले लाइन जोड्ने निर्णय गरेको हो ।
प्राधिकरणले बक्यौता महसुल नबुझाएको भन्दै रिलायन्स स्पिनिङ मिल, घोरोही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक र हुलासको लाइन काटेको थियो । आगामी दिन महिनाभित्र बक्यौता महसुल भुक्तानी गर्ने गरी लाइ जोड्ने निर्णय भएको छ ।
तोकिएको समयावधिभित्र बक्यौता भुक्तानी नगरेको पुनःबक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने पनि प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि, गत शुक्रबार (साउन ४ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । त्यसपछि गत आइतबार (साउन ६ गते) विद्युत् नियमन आयोगले लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो ।
याे पनि पढ्नुहाेस्ः १० वर्षदेखिको ट्रंक एण्ड डेडिकेटेड लाइन विवादः भएन निकास
ट्रंक एण्ड डेडिकेटेड लाइन विवादः २८ किस्तामा बक्यौता बुझाउन सकिने
प्राधिकरणले थप दुई उद्योगको पनि लाइन काट्यो
ट्रंक एण्ड डेडिकेटेट लाइन विवादः अल्टिमेटम सकिएपछि उद्योगीहरूको लाइन काट्न सुरु