काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १०० युनिट बिक्री गरेको छ । १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण उपलब्धि मनाएको छ ।
नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि नयाँ सम्भावनाहरू प्रस्तुत गरेको कम्पनीको दाबी छ । हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ ।
टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले टाटा एस ईभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए । त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि रहेको बताए ।