Friday, July 11, 2025
spot_img

ग्रिन हाइड्रोजनमार्फत रासायनिक मल उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर

spot_img

Share

spot_img

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)ले तयार पारेकाे २६ अर्ब रुपैयाँ लागतकाे रासायनिक मल कारखाना परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रिन हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादन गर्न बैशाख १९ गते हस्ताक्षर भएकाे हाे । बिहीबारदेखि विराटनगरमा भएको कोशी सम्मेलनको शोकेसमा राखिएको सबैकाे चासाे र आकर्षक परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा काेशी प्रदेश, लगानी बाेर्डकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सराेज काेइराला र डेपलपर्सकाे तर्फबाट ग्रिन हाइड्राेजन कम्पनी प्रालिका प्रबन्ध निर्देशक गालबबहादुर ढुंगनाले हस्ताक्षर गरे । याे परियाेजनालाइ यहाँसम्म ल्याउन ठूलाे भूमिका निर्वाह गर्ने केयू पनि हस्ताक्षर समाराेहमा उपस्थित थियाे । करिब ४० वर्ष अघिदेखि नै मल कारखाना स्थापनाकाे प्रयास भएपनि सरकारी स्तरबाटै प्रकृयागत रूपमा सम्झाैता भएर याे परियाेजना अघि बढेकाे हाे ।

केयूले सुरू गरेकाे कार्यक्रम सार्वजनिक निजी सझोदारी (पिपिपी) लगानीमा निर्माणका लागि अघि बढ्नु सुखद पक्ष रहेकाे केयूका सहप्राध्यापक एंव ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराजसिंह थापाले जानकारी दिए ।

उद्घाटन सत्रमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता परियाेजना राष्टिय हितका लागि भएकाेले केद्रिय सरकारकै प्रत्यक्ष संलग्नता हुनु राम्राे रहेकाे बताउँदै केन्द्रिय सरकारले आवश्यक सहयाेग र सहजिकरण गर्ने बताए । यसैगरी, नेपाल लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पनि यस्ता किसिमका परियाेजनाहरू केन्द्रिय सरकारले नै अघि बढाउनुपर्ने बताए ।

याे परियाेजना अघि बढाउनका लागि काेशि प्रदेशका सबै पक्ष, विपक्षहरूले सहमति जनाएका छन् । परियाेजना निर्माणकाे क्रममा कुनै प्रकारकाे अवराेध सिर्जना नगर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

उक्त परियोजना सुनसरी जिल्लामा निर्माण गर्न प्रस्ताव गरिएको छ । यो परियोजनाको ३ वर्षभित्र विस्तृत परियाेजना प्रतिवदन तयार तथा अध्ययन सम्पन्न गरी लगानीकाे समेत व्यवस्थापन गरेर निर्माणकाे चरणमा पुर्याउनुपर्ने छ ।

उदयपुर सिमेन्ट फ्याक्ट्रिलाइ पनि यस परियाेजनामा समायाेजन गरेर पुनः फुलफेजमा सञ्चालनमा ल्याउने र त्यसबाट निस्केकाे कार्वनडाइअक्साइडलाई साे परियाेजनामा प्रयाेग गरेर अघि बढ्ने प्रारम्भिक याेजना रहेकाे छ ।

यो परियोजना नेपालमा हाइड्रोजन तथा रासायनिक मलको उत्पादनको दृष्टिले समेत महत्वपूर्ण सुरुवात हुनेछ । परियाेजनाबाट वार्षिक २ लाख मेट्रिक टन उत्पादन गर्नेछ ।

यसअघि काठमाडौँ विश्वविद्यालयको पहलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्भाव्यता अध्ययन सम्पन्न गरीसकेको छ । नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलकमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ । सोलार, विण्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ । केयूले हाइड्रोजनबाट गाडी चलाएर र चुल्हो बालेर सफल परीक्षण गरीसकेको छ ।

वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र हिउँदमा कम उत्पादन हुने भेरियसनलाई हाइड्रोजन बनाएर प्रशोधन गरी हिउँदमा त्यसको बिक्री गर्न सकिने हुँदा हाइड्रोजन नेपालको ऊर्जा सुरक्षाको लागि राम्रो विकल्प हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img