Thursday, March 12, 2026
spot_img

बज्रमादी निर्माण गर्न जुट्यो लगानी, दुई बैंकले ३७४ करोड लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । कास्की जिल्लाको मादी गाउँपालिका भएर बग्ने मादी नदिमा निर्माण अघि बढेको २४.८ मेगावाटको बज्रमादी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । नदिमा बज्र ईनर्जी भेन्चर्स प्रालिले निर्माण गर्न लागेको आयोजनामा दुई बैंकले ३७४.५ करोड रुपैयाँ ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको छ ।

आयोजनामा लिड बैंकको रुपमा एनएमबी बैंकले २५० करोड र सदस्य बैंकको रुपमा कृषि विकास बैंकले १२४.५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी आज (बैंशाख २६ गते) लगानी व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयोजना सम्पन्न गर्न ५३५ करोड रुपैयाँ लगानी अनुमात गरिएको छ । जसमध्ये ३७४.५ करोड रुपैयाँ ऋण लगानी हुनेछ भने बाँकी १६० करोड अर्थात ३० प्रतिशत स्वपूँजी संस्थापक र सेयर निष्कासन गरेर लगानी गरिनेछ ।

प्रारम्भमा २४.८ मेगावाट क्षमताको अुनमति पाएको यो आयोजना हाल ३१ मेगावाटमा स्तरोन्नति गर्नको लागि प्राविधिक अध्ययन सम्पन्न गरि लाईसेन्स अपग्रेडको गर्न विद्युत विकास विभागमा आवेदन दिइएको कम्पनीका अध्यक्ष जगल बहादुर पोखरेलले जानकारी दिए । उनका अनुसार अनुमतिको अन्तिम चरणमा रहेको छ । आयोजनाको क्षमता वृद्धि भएपछि यसको लगानी ६ सय ३५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

पर्यटकिय शहर पोखराबाट २० किलोमिटरको दुरीमा रहेको र हेडवक्र्सदेखी पावरहाउस सम्म बाटोको राम्रो पहुँच भएको वज्रमादी जलविद्युत आयोजना सम्पन्न भएपछि यसले वार्षिक १४७.१२३ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ भने क्षमता वृद्धि गरि ३१ मेगावाट बनाउदा वार्षिक १८३.११ गिगावाट घण्टा ऊर्र्जा उत्पादन हुनेछ ।

हाल कायम भएको २४.८ मेगावाट क्षमताको ईजाजत पत्र अनुसार ३९३.६५ वर्ग किलोमिटर क्याचमेन्ट रहेको यस आयोजनाको लागि २४.५५ क्यूसेक डिजाईन डिस्चार्ज कायम गरिएको छ । मादी गाउपालिका वडा नं ४ स्थित हरियोस्वारा नजिक मादि नदिमा ४३ मिटर लामो ड्याम बनाएर पानी डाईभर्ट गर्दै १०० मिटर लामो डिसेन्डर हुदै ३.६०३.६ मिटर कन्क्रिट लाइनिङ र ४.२०४.२ मिटर सर्टकिट लाइनिङ भएको इनभटेंड आकारको सुरुङमा पठाईने छ ।

४ हजार ५९३ मिटर लामो टनेल र ३२४ मिटर पेनस्टक पाइप हुँदै १२५.५ मिटरको ग्रस हेड सहित आएको पानिलाई २ वटा फ्रान्सिस भर्टिकल टर्बाइन रहने पावर हाउसमा खसालिने छ । आयोजनाको क्षमता वृद्धि गरि ३१ मेगावाट बनाउदा सुरुङ्गको लम्बाई ५.३५ किलोमिटर हुने र ग्रस हेड १५६ मिटर हुनेछ ।

विद्युतगृहबाट उत्पादन हुने विद्युतलाई आयोजनाको स्विचयार्डदेखि लेखनाथ सवस्टेसनसम्म करिव ७.२ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

२०८० माघ २८ गते प्राधिकरण र कम्पनीबीच खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको थियो । २०८५ साल कार्तिक १० गते व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति आयोजनाको निर्माण अवधि ४२ महिना निर्धारण गरिएको छ । आयोजनाको प्राविधिक कन्सल्ट्यान्टको रुपमा क्लिन इनर्जी कन्सल्ट्यान्ट (सीइसी) लाई नियुक्त गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img