काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइनमार्फत विद्युत् प्रयोग गरेवापतको बक्यौता राखेका औद्योगिक ग्राहकलाई पुनरावलोकनमा आउन पुनःआह्वान गरेको छ । बैशाख २६ गते सूचना जारी पुनरावलोकनमा आउन आग्रह गरेको प्राधिकरणले पुन सूचना जारी गरेको हो ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत् वितरण नियमानवली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम तिर्न बाँकी महसुलको ५ प्रतिशत रकम वा उक्त बराबरको एक वर्षको म्याद रहने ’क’ वर्गबाट जारी भएको बैंक ग्यारेन्टी धरौटी राखेर पुनरावेदनमा जान सकिने प्राधिकरणले उल्लेख गरेको छ ।








