Wednesday, June 24, 2026
spot_img

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

spot_img

Share

spot_img

काठमाडाैँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो ।

चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छ भने जेठ र असार दुई महिनाको आगामी आवमा भुक्तानी गरिने उक्त कार्यालयले जनाएको छ ।

तनहुँमा रु ३८ लाख ५९ हजार ७०० र नवलपुरमा रु १६ लाख ७९ हजार २०० गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष रु १५ हजार रहेकामा यस वर्ष वृद्वि गरी रु २५ हजार पु¥याइएको छभने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ ।

“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।” उनका अनुसार रु २५ हजारसम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ ।

उनले रु २५ हजारदेखि ४० हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५० प्रतिशत, रु ६० हजारदेखि ८० हजारसम्म २५ प्रतिशत र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए ।

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने,“छ÷छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।” 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img